रास्वपा नेतासहित जुवातास खेल्ने ९ जना पक्राउ
kendrabindu.com · Wed Nov 04 01:03:21 UTC 2026

बागलङ । जिल्ला प्रहरी कार्यालय बागलुङले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरमा सञ्चालित जुवाखालमा छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ ।बागलुङ नगरपालिका वडा नम्बर २ हल्लनचोक निवासी खड्का रास्वपाका क्षेत्रीय सभापति समेत हुन् ।
जुवातास खेलिरहेका चिरञ्जीवी शर्मा, रिपोर्ट जि.सी., अमर खड्का, भीमबहादुर खत्री, केशव पराजुली, राजु गौतम, हरि शर्मा, डम्मरबहादुर भण्डारी र दुर्गाबहादुर खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)