मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देहीमा महिलाको हत्या गरी गहना लुटपाट गर्ने चार जना पक्राउ

hamrakura.com · Wed Nov 04 00:00:00 UTC 2026

काठमाडौँ । कोटहीमाई गाउँपालिका–५ छोटकी मझगाँवाकी ४१ वर्षीया जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार कात्तिक १२ गते बिहान कोटहीमाई–६ र ७ को बीचमा पर्ने धान खेतमा जोबेदाको टाउकोमा कोदालोको बिडले प्रहार गरी र घाँटीमा हँसियाले घोपेर बीभत्स हत्या गरिएको थियो। हत्यापछि उनको कानमा रहेको सुनका गहनाहरूसमेत लुटिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)