मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वमन्त्री मीनेन्द्र रिजाललाई जग्गा सट्टापट्टासम्बन्धी भ्रष्टचार मुद्धा

kendrabindu.com · Wed Nov 04 02:13:01 UTC 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहितका उच्चपदस्थ अधिकारी मुछिएको भ्रष्टाचार मुद्दामा सार्वजनिक जग्गा सट्टापट्टाको नाममा हिनामिना भएको दाबी लिएको छ ।

आयोगको अनुसन्धानबाट फलफूल उद्योग खोल्न भनेर सार्वजनिक जग्गा सट्टापट्टा गर्दा डम्पिङ साइट र दुर्व्यसनीको अखडाको बहाना पारिएको भेटिएको छ । विराटनगर उपमहानगरपालिका–३ स्थित कित्ता नम्बर ४८ र ७१ मा रहेको सार्वजनिक जग्गा सट्टापट्टा गर्दा यस्तो अवस्था देखाइएको हो । बढी मूल्य पर्ने सार्वजनिक जग्गा आपसी मिलेमतोमा कम्पनीका नाउँमा बिक्री गरी कम मूल्य पर्ने जग्गा खरिद गर्दै नीजि लाभ लिएको अभियोग दाबी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)