मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमाको हत्या गरेर १६ वर्षदेखि फरार रहेका प्रेमबहादुर भारतबाट पक्राउ

kendrabindu.com · Wed Nov 04 07:42:13 UTC 2026

कैलाली । घरायसी विवादका क्रममा आमाको हत्या गरेर १६ वर्षदेखि फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ५८ वर्षीय प्रेमबहादुर शाही रहेका छन् ।

शाहीले २०६७ पुस २८ गते घरायसी विवादका क्रममा आफ्नी ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी सुनरुपाको उपचारका क्रममा पुस २९ गते नेपालगञ्जस्थित नर्सिङ होममा मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)