सरकारले आईजीपी पदबाट कार्कीलाई किन हटायो ?
ratopati.com · Wed Nov 04 09:10:34 UTC 2026

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै नयाँ आईजीपी नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले नयाँ प्रहरी प्रमुखमा डा.मनोज केसीलाई नियुक्त गरेको छ ।
केसी अपराध अनुसन्धान विभागको नेतृत्व गरिरहेका थिए । प्रहरीमा २०५३ सालको घटना दोहोरिएको छ । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा तत्कालीन गृहमन्त्री बामदेव गौतमको सिफारिसमा तत्कालीन आईजीपी अच्युतकृष्ण खरेललाई हटाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)