मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

arthasansar.com · Wed Nov 04 11:01:11 UTC 2026

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज केसी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

सरकारले दानबहादुर कार्कीलाई उक्त पदबाट हटाएर केसीलाई सङ्गठनको नेतृत्व सुम्पिएको हो । नुवाकोटको तुप्चेमा जन्मिएका केसी प्रहरी सेवामा कार्कीकै ब्याचका अधिकृत हुन् । उनीहरू चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । केसीको प्रहरी करियरमा चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान महत्त्वपूर्ण मानिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा उनले लामो समयदेखि अघि बढ्न नसकेको उक्त प्रकरणको अनुसन्धानलाई गति दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)