मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबारको चकचकी

nepalviews.com · Wed Nov 04 16:46:24 UTC 2026

केटाकेटी बेलामा हामी खुब लुडो खेल्थ्यौं । हिजोआज डिजिटल लुडो पनि खेल्न पाइन्छ । लुडोमा सबैभन्दा रोमाञ्चकारी नम्बर हो - ९९ । १ बाट उक्लिँदै उक्लिँदै बल्लतल्ल खेल जित्नेजित्ने ठाउँमा पुगेपछि ९९ अंकमा फँडा फुलाएर बसेको सर्पको सामना गर्नुपर्छ । त्यो सर्पले निलेर लुडोको गोटीलाई ९९ बाट एकैपटक २ मा झारिदिन्छ । त्यसैले लुडोको खेलमा ९९ पुग्नेपुग्ने बेला आङ सिरिङ्ग भैरहन्छ । किनभने ९९ भनेको १०० अर्थात् जितको अंकको ठिक ढोकैमा बस्ने शीर्ष सङ्कट हो । त्यो सङ्कटमा फस्यो भने खस्यो, ९९ लाई फड्केर नाघ्यो भने जित्यो ।

अहिले चर्चामा रहेका पात्र इनम सापकोटालाई हेर्दा लुडोको त्यही ९९ नम्बर याद आउँछ । इनमलाई लागिरहेको थियो लुडो उनी आफैं खेल्दैछन् । परिवार, नातागोता र मित्रमण्डलीको नजरमा इनम नयाँ राजनीतिका सफल पात्र पनि देखिएका थिए होला । बिडम्बना के भने गोटी त इनमले नै सारिरहेका थिए, तर पासा अर्कैले फ्याँकिराखेको थियो । जब पासा फ्याँक्ने खेलाडी स्वयं अप्ठ्यारोमा पर्ने सम्भावना देखियो, उसले ९९ नम्बरको पासोमा पारिदियो । सर्पले निल्यो र बिचरा इनम झरेर एकैपटक झ्यालखानामा पुगे । अहिले उनी बुझ्दै होलान् – दाह्री पाल्ने र कालो चस्मा लाउने फेसन त जुनकुनै प्यादाले गर्न सक्छ, तर लुडोको पासा जसको हातमा छ, खेल अन्ततः उसैले खेल्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)