मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खगेन्द्र सुनार प्रकरणमा रास्वपाले यो गल्ती नगरोस्

barnanmedia.com · Wed Nov 04 21:42:13 UTC 2026

विवादित अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि थप अनुसन्धान अघि नबढ्ने संकेत देखिएको छ। सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेको र पीडित भनिएकी महिलाले पनि उजुरी नदिएको आधारमा रास्वपाको छानबिन समिति अनुसन्धान टुङ्ग्याउने तयारीमा छ। चार घण्टा बयान लिएपछि समितिले थप अनुसन्धान आवश्यक नरहेको निष्कर्षसहित प्रतिवेदन बुझाउन लागेको समाचार सार्वजनिक भएको छ। गम्भीर आपराधिक आरोपको छानबिन प्रहरी र राज्यका कानुनी निकायले गर्नुपर्नेमा एउटा राजनीतिक दलको अनुशासन आयोगले नै अनुसन्धान टुङ्ग्याउने बाटो रोज्नुले फेरि गम्भीर प्रश्न उठाएको छ।

सांसद खगेन्द्र सुनारमाथि लागेका गम्भीर आपराधिक आरोपको छानबिन र न्याय निरूपण गर्ने जिम्मेवारी कुनै राजनीतिक दलको हो? रास्वपाको हो? अथवा कुनै अर्को पार्टीको?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)