नेपाल प्रिमियर लिगमा सट्टाबाजी गराएको आरोपमा एक भारतीय नागरिक पक्राउ
arthasansar.com · Thu Nov 05 09:07:44 UTC 2026
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टाबाजी (बेटिङ) गराएको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, भोजपुर जिल्ला, टाउन थाना घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १७ ठमेल बस्ने ३२ वर्षीय सोनु कुमार मान्छे हुन् (सोनु कुमार मान्छे/सिन्हा)।
एनपीएल क्रिकेट प्रतियोगिताका क्रममा केही व्यक्तिहरूले अनलाइनमार्फत बेटिङ गराउने गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका मान्छेको साथमा रहेका विद्युतीय उपकरण तथा मोबाइल फोन जाँच गर्दा उनले विभिन्न बेटिङ वेबसाइटहरू प्रयोग गरी करिब ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको सट्टाबाजी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)