मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा विशेष सुरक्षा योजना लागू

khabarhub.com · Thu Nov 05 17:02:19 UTC 2026

काठमाडौं – नेपाल प्रहरीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै देशभर ‘विशेष सुरक्षा योजना’ लागू गरेको छ । प्रहरीले चाडपर्वका समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्नुका साथै चोरी, ठगी, लुटपाट, जुवातास तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा परिचालन तीव्र बनाएको हो ।

प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । पटका तथा आतिशबाजीबाट हुनसक्ने आगलागी र दुर्घटना रोक्न दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको प्रहरीले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)