वैदेशिक रोजगारीको नाममा ठगी : ३० हजारभन्दा बढी उजुरी थाती, दैनिक ४० जना ठगिँदै
bishowkhabar.com · Fri Nov 06 00:57:56 UTC 2026

काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने क्रम बढ्दै जाँदा वैदेशिक रोजगार विभागमा ३० हजारभन्दा बढी उजुरी थुप्रिएका छन् । विभागमा दैनिक औसत ४० वटा ठगीसम्बन्धी उजुरी दर्ता हुने गरेका छन् । तर, उजुरीको तुलनामा पीडितले न्याय पाउने र क्षतिपूर्ति प्राप्त गर्नेको संख्या निकै कम छ ।
विभागका महानिर्देशक नवराज ढकालका अनुसार पछिल्ला वर्षमा वैदेशिक रोजगारीका नाममा ठगीका घटना बढिरहेका छन् । प्रविधिको विकाससँगै ठगीका नयाँनयाँ शैली देखिन थालेका छन् । म्यानपावर कम्पनीमार्फत हुने ठगीसँगै व्यक्तिगत चिनजान र मध्यस्थकर्ताको माध्यमबाट हुने ठगी पनि चुनौतीका रूपमा देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)