मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

corporatenepal.com · Fri Nov 06 00:44:07 UTC 2026

काठमाडौँ । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको छ । सार्वजनिक यातायात, मुख्य बजार क्षेत्र, सीमानाका तथा भन्सार क्षेत्रमा विशेष निगरानी र चेकजाँचलाई तीव्र बनाइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले तिहारका समयमा बालिने दियो, बत्ती तथा पटाकाबाट हुनसक्ने आगलागी र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै दमकल तथा विपद् व्यवस्थापन टोलीलाई २४सै घण्टा तयारी अवस्थामा राखिएको जानकारी दिए । उनका अनुसार देउसी–भैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरिएको छ । त्यस्तै, पटकालगायतका प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थको गैरकानुनी ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न सीमानाका, भन्सार क्षेत्र र बजारमा विशेष ‘चेकिङ’ टोली परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)