साहु सुरक्षित, भरियाको ‘गल्ला’ स्वाहा, तस्करी जारी !
ratopati.com · Fri Nov 06 05:26:38 UTC 2026

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी भन्नेबित्तिकै सामान्यतया रातको अँध्यारोमा सुरक्षाकर्मीको आँखा छलेर हुइँकिने गाडी वा तस्करका ठुला जत्थाको दृश्य दिमागमा आउँछ, तर मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय देखिएको दृश्य भने योभन्दा बिल्कुलै भिन्न, संगठित र आधुनिक प्रविधिको कमजोरीसँग जोडिएको छ ।
अहिले सीमामा तस्करीको रूप फेरिएको छ । तस्करहरूले अब ठुला कन्टेनर वा गाडीमा एकमुष्ट सामान ओसारेर जोखिम मोल्न छाडेका छन् । त्यसको सट्टा उनीहरूले राज्यको प्रशासनिक र राजस्व प्रणालीमै रहेका छिद्रलाई आफ्नो मुख्य हतियार बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)