एउटा मोबाइलले सत्ता खोल्यो, अर्को मोबाइल सत्ता खोज्दैछ
baahrakhari.com · Fri Nov 06 09:02:00 UTC 2026

एउटा मोबाइलमा भेटिएका संवाद र सम्पर्क विवरणले नेपालको सत्ता संरचनाभित्रको सम्भावित सम्बन्ध सञ्जालबारे प्रश्न उठाएको छ । अर्को मोबाइल भने समाचारको स्रोत पत्ता लगाउन राज्यको चासोको विषय बनेको समाचार बाहिरिएको छ । यी दुई मोबाइल अहिलेको नेपाली राजनीतिमा सूचना, पहुँच र शक्तिको बदलिँदो सम्बन्ध बुझाउने दुई फरक प्रतीक हुन् ।
पहिलो मोबाइलले राज्यका महत्त्वपूर्ण निकायसम्म बिचौलियाको पहुँच कसरी पुग्छ भन्ने प्रश्न उठाएको छ । दोस्रो मोबाइलले राज्यलाई असहज हुने सूचना सार्वजनिक हुँदा पत्रकारको मोबाइल किन राज्यको खोजीको विषय बन्छ भन्ने प्रश्न जन्माएको छ । यसलाई एउटा न्यायाधीश, एउटा बिचौलिया, केही पत्रकार वा प्रहरीको एउटा कारबाहीमा सीमित गरेर हेर्नु पर्याप्त हुँदैन । यसको गहिराइमा पुग्न हामीले बुझ्नुपर्ने विषय हो —डाटा कसको नियन्त्रणमा छ, सूचना कसले प्रयोग गर्छ र राज्यको शक्ति कसको निगरानीका लागि परिचालित हुन्छ ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)