कांग्रेसको माग- राज्य व्यवस्था समितिको बैठक राख, प्रधानमन्त्री-गृहमन्त्री र आईजीपीलाई बोलाऊ
nepalpress.com · Fri Nov 06 10:58:21 UTC 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेको छ। समितिका सदस्य समेत रहेका कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेसहित ४ सांसदले बैठक राख्न लिखित रूपमा माग गरेका हुन्।
बैठक माग गर्नेमा सांसद अर्जुननरसिंह केसी, सचेतक निश्कल राई र सांसद रेखाकुमारी यादव रहेका छन्। उनीहरूले बिचौलिया इनम सापकोटा प्रकरण, आईजीपी फेरबदल तथा सञ्चारगृह र पत्रकारमाथि भएको धरपकडलगायतका विषयमा छलफल गर्नको लागि बैठक राख्न माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)