मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख ५९ हजार रुपैयाँको पटाका नष्ट

annapurnapost.com · Fri Nov 06 11:17:57 UTC 2026

झापा : झापाका सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो मात्रामा बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले बरामद गरेको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरका पटाका शुक्रबार दिउँसो गणभित्रै नष्ट गरेको छ। बरामद गरिएका पटाका सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी)सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)