मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागुऔषध कारोबारीको आरोपमा सशस्त्रका दुई सुरक्षाकर्मीसहित चार जना पक्राउ

ratopati.com · Fri Nov 06 15:36:08 UTC 2026

काठमाडौँ । प्रहरीले सुर्खेतबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी सहित चार जनालाई लागुऔषध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्यूराेबाट खटिएको प्रहरीले वीरेन्द्रनगर नगरपालिकाबाट आरोपीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय नवराज चालिसे र कार्यालय सहयोगी २३ वर्षीय रुपेश घर्ती मगर छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)