पात्र फेरिए, प्रवृत्ति फेरिएन
saralpatrika.com · Sat Nov 07 03:38:47 UTC 2026

पुराना दल र तिनका नेताको कार्यशैलीबाट आजित भएरै जनताले परिवर्तन रोजेका हुन् । निर्वाचनको परिणामले पनि त्यही सन्देश दिएको छ । जेन्जी आन्दोलनले पुरानो सरकार ढाल्यो, गणतन्त्र स्वीकार गर्यो र त्यसपछि भएको निर्वाचनले पुराना दललाई किनारामा पुर्याउँदै नयाँ शक्तिलाई झन्डै दुईतिहाइको जनादेश दियो । तर सत्तामा पुगेपछि देखिएको व्यवहारमा किन फेरि पुरानै शैली र प्रवृत्तिको झल्को देखिन थालेको छ ? नयाँ नै चाहिएको थियो भने पुरानै शैली दोहोर्याउन किन आवश्यक थियो ?
यो प्रश्न अहिले एउटा न्युजरुमबाट अर्को बहसको केन्द्रसम्म पुगेको छ । सत्तामा पुगेपछि पनि पुरानै प्रवृत्ति दोहोरिने हो भने परिवर्तनको औचित्य के रहन्छ ? सात समुद्रपारि बसेर हेर्दा मलाई लाग्छ, बालेनको आलोचना गर्न नचाहनेहरू पनि सरकारको कार्यशैलीबारे उठेका प्रश्नबाट पूर्णतः बेखबर छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)