मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ह्वाइट हाउस नजिकै अत्याधुनिक हतियारसहित भेनेजुएली युवक पक्राउ, भने– 'ट्रम्पको हत्या गर्ने सोच आउँथ्यो'

ratopati.com · Sat Nov 07 06:25:14 UTC 2026

वासिङ्टन डीसी । अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै स्वचालित हतियार र गोलीगट्टासहित एक भेनेजुएली नागरिक पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (DHS) र सीक्रेट सर्भिसको टोलीले २६ वर्षीय रोनी योरड्रिक्स गुआनिपा क्रिनोस नामक युवकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार बिहीबार राति ह्वाइट हाउस नजिकै पार्क गरिएको एक चोरीको नीलो फोर्ड एफ-१५० गाडीभित्र सुतिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। सोधपुछका क्रममा उनले ‘गुगल ट्रान्सलेट’ को सहयोगमा आफूसँग हतियार रहेको जानकारी दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)