मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानमा मिनी ट्रकभित्र ४७ किलो विस्फोटक सामग्री, तीन जना पक्राउ

clickmandu.com · Sat Nov 07 06:31:54 UTC 2026

विराटनगर । सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो सामग्री फेला परेको छ। प्रहरीले भन्सार छली गरेर ल्याइएका सामानसँगै मिनी ट्रकमा लुकाएर राखिएको अवस्थामा उक्त सामग्री बरामद गरेको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कार्तिक राजवंशी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)