विस्फोटक पदार्थसहित ३ जना पक्राउ
annapurnapost.com · Sat Nov 07 06:50:20 UTC 2026

सुनसरी : सुनसरीको धरानमा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेटजस्तो पदार्थसहित ३ जना पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका–८ स्थित तीनकुने चेकिङ पोस्टमा मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम विस्फोटक पदार्थ बरामद गरेको छ।
शुक्रबार इटहरीबाट धरानतर्फ आउँदै गरेको को.प्र.–०२–००२ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याइएका सामानसँगै शंकास्पद विस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले विस्फोटक पदार्थ ओसारपसारमा संलग्न भएका मिनी ट्रकको चालक मोरङको विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीप कुमार शाह,मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही स्थानका ४२ वर्षीय कात्तिक राजवंशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)