दसैँ, तिहार र छठलाई लक्षित गर्दै रौतहटमा ८९७ प्रहरी परिचालन, २४ घण्टा सुरक्षा निगरानी
ratopati.com · Sun Nov 08 01:09:44 UTC 2026

रौतहट । दसैँ, तिहार तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। सम्भावित अपराध, चोरी, लुटपाट, ठगी तथा सवारी दुर्घटना नियन्त्रणलाई प्राथमिकतामा राख्दै ट्राफिक प्रहरीसहित कुल ८९७ प्रहरी जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले प्रेस विज्ञप्ति जारी गर्दै चाडपर्वको समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण र नागरिकको सुरक्षाको प्रत्याभूतिका लागि विशेष सुरक्षा योजना तयार पारिएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)