सजाय कम गर्ने रणनीतिमा नरेश भट्ट : शव लुकाएको स्वीकार, हत्या अस्वीकार
nepalpress.com · Sun Nov 08 10:55:57 UTC 2026

अमेरिका । नेपाली नर्स ममता काफ्ले भट्टको मृत्यु प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको बयानले दुई वर्षभन्दा लामो समयदेखि अनुसन्धानमा रहेको घटनामा नयाँ मोड ल्याएको छ । श्रीमती बेपत्ता भएको बताउँदै आएका नरेशले अहिले आएर उनको शव आफूले काटेर टुक्राटुक्रा पारेको र फेला नपर्ने गरी लुकाएको स्वीकार गरेका छन् । तर, उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरेका छन् ।
भर्जिनियाको अदालतमा आफ्नो प्रतिरक्षामा बयान दिने क्रममा नरेशले ममता विषादी सेवन गरेर आत्महत्या गरेको जिकिर गरे । आफूले उनलाई अचेत अवस्थामा भेटेको, बचाउने प्रयास गरेको र मृत्यु भएको ठानेपछि शव व्यवस्थापन गरेको उनको भनाइ छ । तर, उनले शव लुकाउन खोजेको कुरा भने अस्वीकार गरेका छैनन् । शव फेला नपरोस् भन्ने उद्देश्यले त्यसो गरेको हो भन्ने प्रश्नमा उनले स्वीकारोक्ति दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)