रिजाल जग्गा प्रकरण: सरकारी जग्गामा जग्गा कारोबारीदेखि उद्योगीको रजगज, कहिले के भयो ?
clickmandu.com · Mon Nov 09 02:12:14 UTC 2026

विराटनगर । फलफूल उद्योग सञ्चालनका लागि सरकारबाट हदबन्दी छुट पाएको विराटनगर–२ सोमबारे हाटको बहुमूल्य जग्गामा जग्गा कारोबारीसँग मिलेर यहाँका केही औद्योगिक घरानाले समेत रजगज गरेको पाइएको छ ।
साबिक विराटनगर उपमहानगरपालिका वडा नं. ३ (हाल विराटनगर महानगरपालिका–२ सोमबारे) स्थित कित्ता नम्बर ४८ (३ बिघा ३ कट्ठा १ धुर १ कनवा) र कित्ता नम्बर ७१ (१ बिघा २ कट्ठा ८ धुर) गरी कुल ४ बिघा ५ कट्ठा ९ धुर १ कनवा जग्गा रिजाल क्यानिङ एन्ड कम्पनी प्रालिले फलफूल उद्योग सञ्चालन गर्न हदबन्दी छुटमा पाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)