ममताको मृत्युबारे अनभिज्ञ रहेको बताउने नरेशले अदालतमा शव टुक्र्याएर लुकाएको स्वीकारे, हत्या आरोप अस्वीकार
kalakarmi.com · Mon Nov 09 07:15:14 UTC 2026

काठमाडौं– अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको रहस्यमय बेपत्ता प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा दिएको वयानले मुद्दालाई नयाँ मोड दिएको छ । ममता बेपत्ता भएपछि उनको अवस्थाबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका नरेशले अहिले अदालतमा भने ममतालाई घरमै मृत अवस्थामा भेटेको र त्यसपछि शव टुक्र्याएर लुकाएको स्वीकार गरेका छन् । यद्यपि उनले ममताको हत्या गरेको आरोप अस्वीकार गर्दै उनको मृत्यु आत्महत्याका कारण भएको दावी गरेका छन् ।
अमेरिकी सञ्चारमाध्यम एनबीसी वासिङ्टन, फक्स ५ डीसी आदि सञ्चार माध्यमका पछिल्ला रिपोर्टअनुसार नरेशको वयान तथा अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणबीच अहिले अदालतमा गम्भीर वहस भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)