पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ
baahrakhari.com · Mon Nov 09 10:51:45 UTC 2026

पोखरा । पोखरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पोखरा महानगरपालिका–८, सिमलचौरमा जुवातास खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।
आइतबार राति जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ४३ हजार १९० रुपैयाँ र ५२ बुक तास बरामद गरेको कास्कीका प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)