लामिछानेले ‘सरप्राइज’ दिए शाहले चाल्न सक्ने दुई कदम
barnanmedia.com · Mon Nov 09 22:46:32 UTC 2026

यदि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाईको सरकार ठिक ढंगले चलिरहेको हुन्थ्यो भने यतिबेला सो पार्टीका नेताहरू प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो औपचारिक भारत भ्रमण साँच्चिकै ऐतिहासिक र उपलब्धीमूलक बनाउन लागि परेका हुने थिए। पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबिच यतिबेला यो भ्रमणलाई कसरी राष्ट्रहितको पक्षमा उपयोग गर्ने र देश अनि पार्टीले फाइदा लिने भन्ने रणनीति बनाउन छलफल चलिरहेको हुन्थ्यो।
प्रधानमन्त्री शाह दुई हप्तापछि पहिलो भारत भ्रमणमा जाने तय भएको छ र त्यसको तयारी तीव्र रुपमा भइरहेको छ भनिन्छ। तर फेरि त्यसलाई माथ गर्ने गरी काठमाडौँमा सभापति लामिछानेले प्रधानमन्त्री शाहलाई पदबाट हटाउन कदम चाल्दैछन् भन्ने सनसनी भित्रभित्रै फैलिइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)