झापामा १२ जुवाडे पक्राउ
gorkhapatraonline.com · Tue Nov 10 05:52:09 UTC 2026

झापा, कार्तिक २४ गते । झापाको कमल गाउँपालिकामा एक लाख बढी नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।
सोमबार दिउँसो ४:३० बजे कमल गाउँपालिका वडा नं.५ बस्ने वर्ष ४५ की गीता भट्टराईको घरमा तास खेल्दै गर्दा प्रहरीले जुवाडे पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कमल गाउँपालिका ५ बस्ने वर्ष ३१ का अशोक पौडेल, सोही ठाउँ बस्ने वर्ष ४० का अमर धिताल , वर्ष ४८ का देवेन्द्र कुईकेल , घरधनी गीता भट्टराईका छोरा सविन भट्टराई , वर्ष ४५ का सहदेव धिमाल ,वर्ष ४१ का बाबुराम राई , वर्ष १८ का राज राजवंशी, वर्ष ३५ का दिपक धिमाल ,वर्ष ४७ का अर्जुन थापा ,वर्ष ५३ का दुर्गाप्रसाद अधिकारी ,वर्ष ३७ का तिलकबहादुर कार्की र घरधनी वर्ष ४५ की गीता भट्टराई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)