एक लाख नगदसहित पाँचजना जुवाडे पक्राउ
annapurnapost.com · Tue Nov 10 08:39:17 UTC 2026

नुवाकोट : नुवाकोटको बिदुरमा तास र नगदसहित पाँचजना पक्राउ परेका छन् । बिदुरको एक घरबाट मंगलबार प्रहरीले छापा मारी तास र नगदसहित पाँचजनालाई पक्राउ गरेको हो ।
बिदुर नगरपालिका–२ लोकतान्त्रिक चोतारो नजिकैबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । स्थानीयको घरमा जुवातास खेलिरहेको गोप्य जानकारी प्राप्त भएपछि पुगेको प्रहरीको टोलीले छापा मारी नगद,ताससहित उनीहरूलाई पक्राउ गरेको प्रहरी नायउव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)