मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

onlinekhabar.com · Tue Nov 10 09:32:55 UTC 2026

२४ कात्तिक, काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न जिल्लाबाट ११० जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौं, बूढानीलकण्ठ नगरपालिका-६ टनागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४५ वर्षीय राजेश नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ४० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

चितवन, रत्ननगर नगरपालिका-१६ हात्तीगाडेबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय माधव थापा मगरसमेत ६ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ६ सय १५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)