अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद
barnanmedia.com · Tue Nov 10 22:55:26 UTC 2026

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।
काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती तथा चेकजाँच टोलीले दुई दिनमा उक्त फूलमाला नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं २ गण भद्रपुरका गणपति सचिन कर्माचार्यले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)