मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बेपत्ता ममता काफ्लेको हत्यामा पति नरेश भट्ट दोषी ठहर, शव फेला नपर्दैमा न्याय मर्दैन: अभियोजन कार्यालय

bishowkhabar.com · Wed Nov 11 00:30:25 UTC 2026

काठमाडौं- अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन् । अमेरिकी राज्य भर्जिनियाको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरी (न्यायिक निर्णय गर्ने सदस्यहरूको समूह) ले नरेशलाई प्रथम श्रेणीको हत्या, मृत शरीर लुकाएको र मृत शरीरको अपमान गरेको कसुरमा दोषी ठहर गरेको हो ।

गत साता आफ्नै बचाउमा अदालतमा बयान दिने क्रममा नरेशले ममताको शव टुक्राटुक्रा पारेको र लुकाउने प्रयास गरेको स्वीकारोक्ति बयान दिएका थिए । तर उनले ममताको हत्या भने आफूले नगरेको दाबी गरे । आफूले उनलाई आत्महत्या गरिसकेको अवस्थामा मृत फेला पारेको उनको जिकिर थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)