ममता काफ्ले हत्या प्रकरण: नरेश भट्ट सबै तीन अभियोगमा दोषी ठहर
kalakarmi.com · Wed Nov 11 05:03:15 UTC 2026

काठमाडौं- नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट अमेरिकाको अदालतबाट दोषी ठहर भएका छन्। अमेरिकाको भर्जिनिया राज्यस्थित प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार (नोभेम्बर १०) नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने र मृत शरीरको अपमान गर्ने तीनवटै अभियोगमा दोषी ठहर गरेको हो।
करिब छ सातासम्म चलेको सुनुवाइपछि जुरीले झन्डै पाँच घण्टा छलफल गरेर फैसला सुनाएको हो। ममताको हत्या आफूले नगरेको र उनले आत्महत्या गरेको दाबी गर्दै आएका नरेशको बयानलाई जुरीले अस्वीकार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)