बेलायतमा अमेरिकी सैनिक पक्राउ, रुसका लागि जासुसी गरेको आरोप
bishowkhabar.com · Wed Nov 11 14:29:43 UTC 2026

काठमाडौं- रुसका लागि जासुसी गरेको आशंकामा बेलायतमा एक अमेरिकी सैनिक पक्राउ परेका छन् । लन्डन प्रहरीले मंगलबार दिएको जानकारीअनुसार ४१ वर्षीय ती सैनिकलाई बेलायतको ग्लुसेस्टर नजिकैबाट पक्राउ गरिएको हो ।
राष्ट्रिय सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको आशंकामा पक्राउ परेका सैनिक हाल लन्डनस्थित प्रहरी हिरासतमा छन् । यस घटनाको अनुसन्धानमा अमेरिकी सेना, प्रहरी तथा सुरक्षा निकायले बेलायती अधिकारीहरूलाई सहयोग गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)