मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

ratopati.com · Thu Nov 12 03:57:26 UTC 2026

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा गाँजा लुकाइएको विशेष सूचना पाएपछि प्रहरीले आज राति करिब १ बजे खानतलासी गरेको थियो । सो क्रममा खाल्डोमा लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)