मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ममता प्रकरणले अमेरिकाबाट नेपालको फौजदारी न्याय प्रणालीलाई दिएको पाठ

barnanmedia.com · Thu Nov 12 10:48:23 UTC 2026

अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्ने भर्जिनियाको जुरीको फैसलाले नेपालको फौजदारी न्याय प्रणालीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने सन्देश दिएको छ। यो घटना केवल एउटा हत्याको अनुसन्धान र अभियुक्तलाई भएको सजायको विषय होइन, अपराध अनुसन्धान कसरी गर्ने, प्रमाण कसरी संकलन गर्ने र सरकारी मुद्दालाई कसरी बलियो बनाउने भन्ने कुराको महत्त्वपूर्ण उदाहरण हो।

ममता जुलाई २०२४ मा बेपत्ता भएकी थिइन्। उनको शव अहिलेसम्म फेला परेको छैन। तर अमेरिकी प्रहरीले अनुसन्धानका क्रममा २५ भन्दा बढी सर्च वारेन्ट जारी गरेर घटनासँग सम्बन्धित प्रमाण संकलन गर्‍यो। रगतका अवशेष, डीएनए परीक्षण, शंकास्पद विद्युतीय आरा, सीसीटीभी फुटेज, गुगल सर्च हिस्ट्री, मोबाइल फोन तथा टेस्ला गाडीको लोकेसन डेटा र अन्य परिस्थितिजन्य प्रमाणको अनुसन्धान गरियो। दुई वर्षभन्दा लामो समयसम्म चलेको अनुसन्धान र न्यायिक प्रक्रियापछि अभियोजन पक्षले अदालतमा झन्डै ५०० प्रमाण तथा करिब १०० साक्षी प्रस्तुत गर्‍यो। छ सातासम्म चलेको सुनुवाइपछि १० नोभेम्बर २०२६ मा जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने र मृत शरीरको अपमान गर्ने अभियोगमा दोषी ठहर गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)