मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लागूऔषधसहित पाँच पक्राउ

khabarhub.com · Thu Nov 12 12:25:54 UTC 2026

काठमाडौँ- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–४ बाट दुई, सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङ्गेबाट एक र बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीबाट दुई जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफासिरमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ । यस्तै, प्रहरीले सिराहा र सप्तरीको सीमा क्षेत्र सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट करिब २३१ किलो गाँजा बरामद गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)