मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ

ratopati.com · Fri Nov 13 05:17:33 UTC 2026

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्सा, धनुषा, सुनसरी र झापाका विभिन्न स्थानबाट बिहीबार दिउँसोदेखि रातिसम्मको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ब्राउनसुगरजस्तो देखिने १ ग्राम ५० मिलिग्राम पदार्थसहित बाराको कोल्हवी नगरपालिका–८ नयाँ बस्ती टोलका २० वर्षीय समिर बराल पक्राउ परेका छन् । मितेरी पुलबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.२ ह ३९८९ नम्बरको अटोमा सवार उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जसमेतको टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)