जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट २३ जना पक्राउ
ratopati.com · Fri Nov 13 05:19:14 UTC 2026

काठमाडौँ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न तीन स्थानबाट नगद ८ लाख ८५ हजार ५९० रुपैयाँसहित २३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुर, रुकुम पश्चिम र सुनसरीबाट बिहीबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुबाट स्थानीय ३४ वर्षीय सुनिल घिमिरेसहित ९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरूलाई नगद २ लाख ३६ हजार १०० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)