तीन जिल्लामा जुवाको खालबाट २३ जना पक्राउ, ८ लाख ८५ हजारभन्दा बढी रकम बरामद
bishowkhabar.com · Fri Nov 13 05:52:03 UTC 2026

काठमाडौं – प्रहरीले भक्तपुर, रुकुम पश्चिम र सुनसरीका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ । बिहीबार राति गरिएको छुट्टाछुट्टै प्रहरी कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरबाट नौ जना, रुकुम पश्चिमबाट तीन जना र सुनसरीबाट ११ जना रहेका छन् । उनीहरूको साथबाट कुल ८ लाख ८५ हजार ५९० रुपैयाँ नगद र १९ बुक तास बरामद गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)