मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

kendrabindu.com · Sat Nov 14 12:52:15 UTC 2026

काठमाडौं । बिचौलिया इनम सापकोटासँग जोडिएको आर्थिक कारोबारको अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीले शनिबार कीर्तिपुरको पाँगा क्षेत्रबाट महेशलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको इनम सापकोटासँग सम्बन्ध देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। उनीमार्फत इनमतर्फ ठूलो रकम गएको आशंका गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले महेश पक्राउ परेको पुष्टि गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)