सिटी स्क्वायर मलका संचालक गुप्तलाल भूसालबिरुद्ध पक्राउ पूर्जी जारी, यस्तो छ कारण !
bishowkhabar.com · Sun Nov 15 05:29:40 UTC 2026

काठमाडौं – सामाखुसीस्थित सिटी स्क्वायर मलका संचालक रोशन भन्ने गुप्तलाल भूसालबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पक्राउ पूर्जी जारी गरेको छ । बिभागले असोज अन्तिम साता भूसाललाई पक्राउ अनुमति लिएको बताइएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागका एक अधिकारीका अनुसार भूसालबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तर उनी पक्राउ भने परेका छैनन् । बिभागको पक्राउ पूर्जी जारी भएपछि उनी नेपालबाहिर गइसकेको स्रोतको दाबी छ ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले गएको असोज २३ गते भूसालको लगानीमा निर्माण भएको सिटी स्क्वायर मलमा छापा मारिएको थियो । ३३ किलो सुुन प्रकरणमा संलग्न रहेका भूसालको मुख्य लगानी रहेको भनिएको सिटी स्क्वायर मलमा न्यायक्षेत्रका विवादित ब्यक्तिहरुको लगानी रहेको स्रोतको दाबी छ । इनमसँग जोडिएकाहरुको लगानी भएको आशंका बिभागले उक्त मलमा छापा मारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)