विमानस्थलबाट करिब २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ
ratopati.com · Sun Nov 15 06:24:01 UTC 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड मूल्य बराबरको लागुऔषध सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौँ ल्याएको सेतो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।
उनका अनुसार प्रहरीले साढे ५ केजी सेतो हेरोइन बरामद गरेको छ । बरामद सेतो हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड पर्ने आकलन गरिएको छ । सेतो हेरोइन प्रतिग्राम ४० हजारको दरले कारोबार हुने अनुसन्धान अधिकृतहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)