त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद
kendrabindu.com · Sun Nov 15 06:42:34 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको लगेजबाट प्रहरीले साढे ५ किलो सेतो हेरोइन बरामद गरेको हो।
हेरोइनसहित पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। शनिबार बिहान शङ्का लागेर प्रहरीले उनको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाका प्याकेटभित्र लुकाइएको अवस्थामा हेरोइन फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)