टिकटकमा खुकुरी देखाउँदै आतंक फैलाउने किसिमको भिडियो पोस्ट गर्ने युवक पक्राउ
barnanmedia.com · Sun Nov 15 09:15:59 UTC 2026

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाउँदै अश्लील अभिव्यक्तिसहित डरत्रास फैलाउने भिडियो पोस्ट गरेको आरोपमा प्रहरीले सिरहाबाट एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)