रवि-बालेन शक्ति संघर्ष उत्कर्षमा, सत्ता समीकरण बदल्ने तयारी ?
bishowkhabar.com · Sun Nov 15 10:13:29 UTC 2026

काठमाडौं– झन्डै दुईतिहाइको जनमतसहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार सात महिनामै राजनीतिक अस्थिरताको जोखिममा परेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पार्टी सभापति रवि लामिछानेबीच बढ्दै गएको अविश्वासले सरकारको भविष्यलाई लिएर नयाँ प्रश्न खडा गरेको छ ।
प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण नजिकिँदै गर्दा सरकारको नेतृत्व, पार्टी संगठनमाथिको नियन्त्रण, प्रहरी प्रशासनको भूमिका र सत्ता सञ्चालनको अधिकारलाई लिएर रास्वपाभित्र शक्ति संघर्ष चर्किएको चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)