मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंमा मोटरसाइकल चोरीको गिरोह फेला, तीन जना पक्राउ

kendrabindu.com · Sun Nov 15 11:06:34 UTC 2026

काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेको मोटरसाइकलमा दुई जना सवार र चोरीको मोटरसाइकल बिक्री गर्ने एक जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति करिब ११ बजे काठमाडौं महानगरपालिका–७ चाबहिलमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले बा ८४ प ५४८४ नम्बरको सेतो–कालो एनएस मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)