मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ

khabarhub.com · Sun Nov 15 13:12:58 UTC 2026

काठमाडौँ – नेपाल प्रहरीले साढेपाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साढेपाँच किलो सेतो हेरोइनसहित अन्तरराष्ट्रिय लागूऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागूऔषध ओसारपसारमा सङ्लग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)