ठुलो परिमाणमा लागु औषध बरामद
gorkhapatraonline.com · Sun Nov 15 17:53:56 UTC 2026

। सुनसरीको हरिनगर गाउँपालिका ७ खानचोकबाट प्रहरीले २२ हजार ४७० थान लागूऔषध बरामद गरेको छ ।
प्रहरी चौकी घुस्कीहाट र सशस्त्र प्रहरी बल नेपाल, बीओपी घुस्कीहाटबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–००४ ह १०५२ नम्बरको सिटी सफारी जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार दिउँसो प्रहरी टोलीलाई देखेपछि सिटी सफारी चालकसहित संलग्न व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)