करिब २२ करोडको सेतो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
kendrabindu.com · Mon Nov 16 02:01:22 UTC 2026

काठमाडौं । नेपाल प्रहरीले साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले साढे पाँच किलो सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागुऔषध ओसारपसारमा संलग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)